राजेश पायल राई भन्छन्- मलाई सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस्

हिमाल प्रेस २७ भदौ २०८२ १०:०९ | Friday, September 12, 2025
राजेश पायल राई भन्छन्- मलाई सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस्

काठमाडौँ- गायक राजेश पायल राईले आफूलाई सञ्चार र परराष्ट्रमन्त्री बनाउन आग्रह गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनका लागि सरोकारवाला पक्षहरूसँग तीव्र छलफल गरिरहेको बेला राईले फेसबुकमा एक स्टाटसमार्फत यस्तो भाव व्यक्त गरेका हुन्।

राईले भनेका छन्, ‘जेन-जेड भाइहरू मलाई सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस्।’ उनले आफूले सञ्चार र पर्यटन सम्हाल्न सक्ने हिम्मत देखाउँदै आफू सबैभन्दा धेरै पटक विदेश पुगेको दाबी पनि गरेका छन्।

उनले थप लेखेका छन्, ‘मलाई थाहा छ पर्यटन र संगीतको विकाश! आँट गर्नै हो भने असम्भव कही छैन।’

प्रकाशित: २७ भदौ २०८२ १०:०९ | Friday, September 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast