लोकतान्त्रिक मूल्य मान्यता प्रतिकूल नहुने गरी मार्ग प्रशस्त गरौँ : मोर्चा

हिमाल प्रेस २६ भदौ २०८२ १८:१३ | Thursday, September 11, 2025
2
SHARE
लोकतान्त्रिक मूल्य मान्यता प्रतिकूल नहुने गरी मार्ग प्रशस्त गरौँ : मोर्चा फाइल तस्बिर

काठमाडौँ- मधेश केन्द्रित दलहरूसम्मलित संघीय लोकतान्त्रिक मोर्चाले संघीयता, लोकतन्त्र, गणतन्त्रलगायतका लोकतान्त्रिक मूल्य मान्यता प्रतिकूल नहुने गरी सरकार गठन गर्न माग गरेको छ।

मोर्चाका केन्द्रीय सचिवालय संयोजक डा.शिवजी यादवले बिहीबार विज्ञप्ति निकालेर यस्तो बताएका हुन्।

‘केपी शर्मा ओली नेतृत्वको सरकार पतन भइसकेको हुँदा युवा पुस्ताका मागहरूलाई सम्बोधन हुनेगरी जनतामा निहीत सार्वभौमसत्ता, मौलिक हक, नागरिक स्वतन्त्रता, समावेशिता, संघीयता, लोकतन्त्र, गणतन्त्र र सामाजिक न्यायलगायतका लोकतान्त्रिक मूल्य र मान्यताको प्रतिकूल नहुने गरी वर्तमान परिस्थितिमा नयाँ सरकार गठन गरी मुलुकमा निकासका लागि मार्ग प्रशस्त गरिनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

देशको वर्तमान विषम परिस्थितिमा शान्ति, सुरक्षा, सामाजिक सदभाव, सहिष्णुता र कानुन व्यवस्था कायम गरी अमन चयन गर्न पनि मोर्चाले माग गरेको छ।

प्रकाशित: २६ भदौ २०८२ १८:१३ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast