प्रतिगामी मागविरुद्ध संघर्षमा उत्रन तयार रहन पूर्वविद्यार्थी नेताको अपिल

हिमाल प्रेस २६ भदौ २०८२ १६:४७ | Thursday, September 11, 2025
2
SHARE
प्रतिगामी मागविरुद्ध संघर्षमा उत्रन तयार रहन पूर्वविद्यार्थी नेताको अपिल

काठमाडौँ- पूर्वविद्यार्थी आन्दोलनले संसद् विघटन, राष्ट्रपतिको राजीनामा, स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठनजस्ता प्रतिगामी मागविरुद्धमा सडक संघर्षमा उत्रिन तयार रहन सम्पूर्ण युवा विद्यार्थीलाई अपिल गरेको छ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रमा आबद्ध पूर्वविद्यार्थी नेताहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी यस्तो अपिल गरेका हुन्।

भदौ ३० र २४ गते गरिएको विध्वंसको आवरणमा संसद् विघटन गर्नुपर्ने, राष्ट्रपतिले राजीनामा दिनुपर्ने, राजा ल्याउनेजस्ता प्रतिगामी मागहरू उठ्न थालेको भन्दै उनीहरूले सबै प्रकारका प्रतिगामी हर्कतविरुद्ध एकजुट हुन सम्पूर्ण अग्रगामी युवा, विद्यार्थी र आमजनतालाई अपिल गरेका हुन्।

‘विद्यार्थी र युवाहरुले उठाएका मुद्दा, देशको समस्या वर्तमान संविधान, यसमा आवश्यकताअनुसार गरिने संशोधन र संसदीय प्रक्रियाबाटै समाधान हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौँ’, अपिलमा उल्लेख छ।

उनीहरूले देशलाई अग्रगामी दिशामा लैजान, आन्दोलनरत युवा, विद्यार्थीहरु तथा आमजनताका मागको सम्बोधन, जनचाहनाअनुरुप संविधान संशोधनलगायतका कार्यहरू बृहत् राजनीतिक संवाद र सहमतिमार्फत मात्रै हुन सक्ने ठहर गरेका छन्।

उनीहरूले देशभर भइरहेका लुटपाट र आगजनीका घटनाबारे चिन्ता व्यक्त गर्दै जनताको निजी, व्यवसायिक र सार्वजनिक सम्पत्ति संरक्षण गर्न सरकारलाई आग्रह गरेका छन्। साथै जेलबाट भागेका कैदीहरूलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग गरिएको छ।

पूर्व विद्यार्थी आन्दोलनको तर्फबाट

नैनसिंह महर
माधव ढुंगेल
नरेन्द्र न्यौपाने
पञ्चा सिंह
आरती लामा
विमल पोखरेल
राजीव ढुंगाना
रुपनारायण श्रेष्ठ
नवीना लामा
रञ्जित तामाङ
सुदेश पराजुली
अनिलकिशोर घिमिरे

प्रकाशित: २६ भदौ २०८२ १६:४७ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast