रवि लामिछानेले जेनजी आन्दोलनलाई स्वार्थ अनुकूल मोडे : एमाले नेता बस्नेत

हिमाल प्रेस २५ भदौ २०८२ १९:४९ | Wednesday, September 10, 2025
रवि लामिछानेले जेनजी आन्दोलनलाई स्वार्थ अनुकूल मोडे : एमाले नेता बस्नेत एमाले नेता महेश बस्नेत।

काठमाडौँ- नेकपा एमालेका नेता महेश बस्नेतले वर्तमान संविधानलाई नै आधार मानेर नयाँ सरकार गठन गर्नु बुद्धिममत्तापूर्ण हुने बताएका छन्।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा दिने बाध्यात्मक अवस्थापछि नयाँ सरकार गठनका लागि पहल भइरहेका बेला बस्नेतले यस्तो बताएका हुन्।

बस्नेतले संविधानलाई कमजोर पार्ने वा निष्क्रिय बनाउने अवस्था सिर्जना भए देश हत्या–हिंसाको मार्गमा तानिनुका साथै विदेशी हस्तक्षेपको खतरा बढ्ने चेतावनी दिएका छन्।

‘संविधानलाई कमजोर पार्ने वा निष्क्रिय बनाउने अवस्था सिर्जना भयो भने देश हत्या–हिंसाको मार्गमा तानिन सक्छ र विदेशी हस्तक्षेपको खतरासमेत बढ्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘यस्तो परिस्थिति हाम्रो राष्ट्रिय स्वाभिमान र सार्वमौमसत्तामाथि ठूलो अघात हुनेछ।’

नेता बस्नेतले अब बन्ने सरकारले आन्दोलनका जायज मागहरू सम्बोधन गर्नुपर्ने बताएका छन्। उनले आगामी निर्वाचन समयमै सम्पन्न गरी जनतामै सार्वभौमसत्ता फर्काउने जिम्मेवारी पूरा गर्न मिहिनेत गर्नुपर्ने जिकिर गरेका छन्।

‘विधिको शासनलाई मजबुत बनाउँदै भ्रष्टाचार उन्मूलन, विभेदको अन्त्य, आन्दोलनकै नाममा तोडफोड भएका संरचनाहरूको पुनः निर्माण, क्षतविक्षत भएका प्रहरी प्रशासन र निजी क्षेत्रका सम्पत्ति पुनः स्थापना गर्नुपर्नेछ। साथै आगामी निर्वाचन समयमै सम्पन्न गरी जनतामै सार्वभौमसत्ता फर्काउने जिम्मेवारी पूरा गर्न धेरै मेहनत गर्नुपर्नेछ,’ उनले भनेका छन्।

बस्नेतले रास्वपाका सभापति रवि लामिछाने र रास्वपाले यो आन्दोलनलाई आफ्नो स्वार्थअनुकूल मोड्ने प्रयास गरेको आरोप लगाएका छन्।

‘रवि लामिछाने र रास्वपाले यो आन्दोलनलाई आफ्नो स्वार्थअनुकूल मोड्ने प्रयास गरेकै हुन्, जेल फोड्ने अभियान त्यही कोसिसको उदाहरण हो,’ उनले भनेका छन्।

प्रकाशित: २५ भदौ २०८२ १९:४९ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast