बागलुङमा राजनीतिक दलका पार्टी कार्यालयमा तोडफोड, कागजपत्र र फर्निचर जलाए

हिमाल प्रेस २५ भदौ २०८२ ८:३६
बागलुङमा राजनीतिक दलका पार्टी कार्यालयमा तोडफोड, कागजपत्र र फर्निचर जलाए oplus_1024

बागलुङ- बागलुङमा जेनजी प्रदर्शनकारीहरूले राजनीतिक दलका पार्टी कार्यालयहरू तोडफोड गरी क्षति पुर्‍याएका छन्।

उनीहरूले मंगलबार साँझ बागलुङस्थित नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गरेका हुन्।

एमालेको पार्टी कार्यालयबाट कागजपत्र र फर्निचरका सामग्री निकालेर सडकमा ल्याएर जलाएका उनीहरूले त्यसपछि माओवादी केन्द्र बागलुङको पार्टी कार्यालय तोडफोड गरेर कागाजातपत्र जलाए।

त्यसलगत्तै नेपाली कांग्रेस बागलुङको पार्टी कार्यालयबाट कागजपत्र र फर्निचर सडकमा ल्याएर जलाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast