
बुटवल- जेनजी आन्दोलनकारीहरुले रुपन्देहीमा तोडफोड र आगजनी गरिरहेका छन्। मगलबार बिहानभर प्रदर्शन गरेका उनीहरूले दिउँसोदेखि पार्टी कार्यालय र नेताको घरमा तोडफोड र आगजनी गरेका छन्।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस लगायतका पार्टी कार्यालय तथा निजी भवनहरूमा समेत तोडफोड र आगजनी गरेका छन्।
यसै गरी आन्दोलनकारीहरूले विभिन्न व्यावसायिक निजी प्रतिष्ठानहरूमा समेत तोडफोड र आगजनी गरेका छन्। आन्दोलनकारीहरुले बुटवलको भाटभटेनी, ड्रिम इन्टरनेशनल होटेल, टुलिप होटल, आन्तरिक राजश्व कार्यालय लगायतका दर्जनौँ ठाउँमा आगजनी गरेका छन्।
बुटवल-११ माझगाउँस्थित सहिद स्मृति प्रतिष्ठान बुटवलको भवनमा रहेको रेडियो जागरणमा समेत क्षति पुर्याएका छन्। सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र शर्माको घरमा आगजनी गरिएको छ।
आन्दोलनकारीहरूले भैरहवा, देवदह, सैनामैना लगायतका ठाउँहरूमा समेत सार्वजनिक तथा निजी सम्पत्तिहरुमा तोडफोड र आगजनी गरेका छन्।