 आन्दोलनका क्रममा आगजनी गरिएको राष्ट्रपति शीतल निवास।
                             आन्दोलनका क्रममा आगजनी गरिएको राष्ट्रपति शीतल निवास। 
                                            काठमाडौँ- जेनजी प्रदर्शनकारीहरूले आज राष्ट्रपति कार्यालय शीतल निवासको सुरक्षा घेरा भत्काउँदै आगजनी गरेको छ।
उनीहरूले शीतल निवासको मुख्य गेट तोड्दै भित्र प्रवेश गरी भवनको एक भागमा आगो लगाएका छन्। यो घटनासँगै देशका सर्वोच्च सत्ता संरचनाहरूको सुरक्षा गम्भीर संकटमा परेको छ।
यसअघि प्रदर्शनकारीहरूले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत तथा पार्टीका शीर्ष नेताहरूको निवास र कार्यालयहरूमा समेत आगजनी र तोडफोड गरिसकेका छन्।
संसद् भवन परिसरमा युवाले सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएको घटनाले स्थिति झनै संवेदनशील बनाएको छ। राजधानीका अधिकांश क्षेत्रहरूमा सुरक्षाकर्मीको उपस्थितिमा पनि भीड नियन्त्रणबाहिर गएको देखिन्छ।
                            प्रकाशित: २४ भदौ  २०८२ १६:४४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 