
काठमाडौँ- प्रदर्शनकारीहरूले संसद भवनमा आगजनी गरेका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा प्रदर्शनकारीहरूले आगजनी गरेका हुन्।
ठूलो संख्यामा पुगेका आक्रोशित प्रदर्शनकारीले संसद भवनमा आगो लगाएका हुन्। सोमबार जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरू संसद भवनभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले अन्धाधुन्ध गोली चलाएको थियो।
त्यस्तै प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाएका छन्।
प्रकाशित: २४ भदौ २०८२ १५:१२
प्रतिक्रिया