
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति कार्यालयका एक उच्च अधिकारीका अनुसार ओलीले पदबाट दिएको राजीनामा पौडेलबाट स्वीकृत भएको हो।
२०८१ असार ३० गते चौथोपटक प्रधानमन्त्री नियुक्त भएका नेकपा एमालेका अध्यक्ष ओलीले मंगलबार पदबाट राजीनामा दिएका हुन्। उनी संविधानको धारा ७६ (२) अनुसार नेपाली कांग्रेसलगायत गठबन्धनमा प्रधानमन्त्री नियुक्त भएका थिए। ओलीको राजीनामापछि संविधानभित्रैबाट निकास खोज्ने विषयमा छलफल भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
प्रकाशित: २४ भदौ २०८२ १४:५६
प्रतिक्रिया