
काठमाडौँ- प्रदर्शनकारीले जनकपुरधामस्थित मधेश प्रदेशसभा भवनमा आगजनी गरेका छन्। जेनजी प्रदर्शनमा सहभागीहरूले मंगलबार मधेश प्रदेशसभा भवनमा आगजनी गरेका हुन्।
उनीहरूले प्रदेशसभा भवनभित्र रहेका फर्निचर, कम्प्युटर, गाडीलगायतमा आगजनी गरेका छन्।
त्यस्तै प्रदर्शनकारीहरूले जनकपुरधामस्थित नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रको पार्टी कार्यालयका साथै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेका छन्।
प्रकाशित: २४ भदौ २०८२ १४:३०
प्रतिक्रिया