पोखरा महानगरपालिका कार्यालयमा आगजनी, बुटवलमा निषेधाज्ञाका बीच पनि प्रदर्शन

हिमाल प्रेस २४ भदौ २०८२ १३:४८
12
SHARES
पोखरा महानगरपालिका कार्यालयमा आगजनी, बुटवलमा निषेधाज्ञाका बीच पनि प्रदर्शन

पोखरा- पोखरा महानगरपालिका कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन्। आगजनीले महानगर कार्यालयमा आगोको मुस्लो उडेको छ।

प्रदर्शनकारीहरुले लगातार चर्को नाराबाजीसहित आन्दोलन गरिरहेका छन्। पोखराको मुख्य बजार क्षेत्रमा जिल्ला प्रशासन कार्यालय कास्कीले कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्युको अवज्ञा गर्दै प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा आगजनी र विरोध प्रदर्शन गरिरहेका छन्।

बुटवलमा निषोधाज्ञा र झरीकाबीच प्रर्दशन

जेनजी पुस्ताले निषेधाज्ञा र झरीका बीच पनि मंगलबार बुटवलमा प्रर्दशन गरेका छन्। बुटवल राजमार्ग चौराहा, मिलनचौक, ट्राफिक चौक लगायतका ठाउमा सरकार विरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेका हुन्।

बुटवल मिलनचौकमा झरीका विच टायर र पाइप बालेर प्रदर्शन गरे। सैनामैना वडा न ५ मा जेनजीले तालाबन्दी गरेका छन्। रूपन्देहीका वपभिन्न ठाउमा प्रदर्दशन भइरहेको छ। रूपन्देही प्रशासनले रूपन्देहीमा विहान साढे नौ बजेपछि अनिश्चितकालिन बन्द गरेको छ।

प्रकाशित: २४ भदौ २०८२ १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast