
काठमाडौँ- भक्तपुरको बालकोटमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासतर्फ अगाडि बढिरहेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
जेनजी प्रदर्शनका क्रममा १९ जना प्रदर्शनकारीको मृत्यु भएपछि मंगलबार बिहानैदेखि देशभर आन्दोलन चर्किएको छ। प्रदर्शनकारीको निशानामा सत्तारुढ दलका नेताहरुको निवास पर्न थालेका छन्।
प्रकाशित: २४ भदौ २०८२ १२:१६
प्रतिक्रिया