काठमाडौँ- नेकपा एमालेका सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा प्रदर्शनकारीले ढुंगा हानेका छन्।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ ब्रम्हमपुरीस्थित महासेठको घरमाथि प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका हुन्।
प्रदर्शनकारीहरूले महासेठ निवास परिसरभित्र राखिएको एउटा बुलेट मोटरसाइकलमा आगजानीसमेत गरेका छन्। आगजानीबाट मोटरसाइकल जलेर नष्ट भएको बताइएको छ।
प्रकाशित: २४ भदौ २०८२ ११:३१ | Tuesday, September 9, 2025
प्रतिक्रिया




