
काठमाडौँ- नेकपा एमाले निकट अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न अनुरोध गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री पदको सम्मानका लागि पनि राजीनामा दिन अनुरोध गरेका छन्।
‘प्रधानमन्त्रीज्यू, आज तपाईं बसिरहेको पद तपाईंको व्यक्तिगत सम्पत्ति होइन। त्यो पदको विरासत हामीजस्ता कार्यकर्ताले आफ्नो पसिना, आँसु र संघर्षबाट दिलाएका हौँ’ उनले भनेका छन्,’अब त्यो पदको वास्तविक सम्मान गर्ने बाटो एउटै छ ,नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा गर्नुहोस्। यही कदमले मात्र तपाईंको राजनीतिक यात्रालाई जनताले मनन गर्ने र इतिहासले न्याय गर्ने छ।’
प्रकाशित: २४ भदौ २०८२ ११:०२
प्रतिक्रिया