विपक्षी दलको साझा माग : प्रधानमन्त्रीको राजीनामा

हिमाल प्रेस २४ भदौ २०८२ ९:५७
24
SHARES
विपक्षी दलको साझा माग : प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ- प्रतिपक्षी दलले सामूहिक रूपमा प्रधानमन्त्रीको राजीनामा मागेका छन्। आज बिहान नेकपा माओवादी केन्द्रले बोलाएको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको राजीनामा मागेको हो।

बैठकले जेनजी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।

प्रतिपक्षी दलको बैठकपछि माओवादी केन्द्रमा उपमहासचिव वर्षमान पुनले भने, ‘सरकारले युवाहरूको आक्रोशलाई बुझ्न सकेन, सम्बोधन गर्न चाहेन, जसको परिणाम यो भएको हो । उनीहरूको माग जायज छ, प्रतिपक्षीको तर्फबाट संवाद गरेर निकास दिन प्रतिबद्ध छौँ।’ उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको बताएका छन्।

 

प्रकाशित: २४ भदौ २०८२ ९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast