
काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट सञ्जीव राई नेतृत्वको युवा संघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनमा मागेको छ।
जेनजी पुस्ताको प्रदर्शनमा दमन गर्दा १९ जनाको मृत्यु भएको र सयौँ घाइते भएको घटनालाई लिएर युवा संघले प्रधानमन्त्रीलाई नैतिकताका आधारमा राजीनामा दिन माग गरेको हो।
युवा संघले सरकारले प्रदर्शनरत युवामाथि बर्बरतापूर्वक दमन गरेको आरोप लगाएको छ।
प्रकाशित: २४ भदौ २०८२ ९:२९
प्रतिक्रिया