जेनजीको शान्तिपूर्ण आन्दोलन प्रहरीका कारण हिंसात्मक बन्यो : डा‍‍. डिला संग्रौला

हिमाल प्रेस २४ भदौ २०८२ ८:३९
22
SHARES
जेनजीको शान्तिपूर्ण आन्दोलन प्रहरीका कारण हिंसात्मक बन्यो : डा‍‍. डिला संग्रौला

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पेसागत बुद्धिजीवी विभाग प्रमुख डा. डिला संग्रौलाले सोमबार राजधानीमा जेनजी पुस्ताले गरेको प्रदर्शनलाई सरकारले दमन गरेको दाबी गर्दै सो घटनाको घोर भर्त्सना गरेकी छन्।

उनले सामाजिक सञ्जालमार्फत भ्रष्टाचार, बेथिति तथा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध सडकमा उत्रेर गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारी दमनको कडा निन्दा गरेकी हुन्।

‘नेपाली युवाहरूले वैचारिक जागरण, डिजिटल अधिकारको माग गर्दै गरेको प्रदर्शनमा प्रहरीको गोली लागि ज्यान गुमाउने प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै घाइते सबैको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नुपर्ने माग गर्दछु’, उनले भनेकी छन्। उनले शान्तिपूर्ण आन्दोलन प्रहरी कारबाहीका कारण हिंसात्मक बनेको दाबी गरेकी छन्।

‘काठमाडौंको नयाँ बानेश्वर, दमक, पोखरा लगायतका स्थानहरूमा भएका घटनाहरूमा एक दर्जनभन्दा बढीको ज्यान गएको, दर्जनौं घाइते भएको र कर्फ्यू घोषणा हुनुपरेको खबरले हामीलाई गहिरो पीडा दिएको छ। प्रहरीले आवश्यकता भन्दा बढी बल प्रयोग गरेको देखिन्छ, जसले मानवअधिकारको उल्लंघन गरेको छ’, उनले भनेकी छन्।

उनले नेपालको मानवअधिकार आयोगको मागअनुसार सरकारसँग तत्काल आन्दोलनकारीमाथिको दमन रोक्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी छन्। उनले भनेकी छन्, ‘युवाहरूको आवाजलाई दबाउनु भनेको नेपालको भविष्यलाई दबाउनु हो।’

प्रकाशित: २४ भदौ २०८२ ८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast