एमालेले भन्यो : जेनजीको प्रदर्शनमा जनधन क्षति हुनु दु:खद्

हिमाल प्रेस २४ भदौ २०८२ ७:१०
16
SHARES
एमालेले भन्यो : जेनजीको प्रदर्शनमा जनधन क्षति हुनु दु:खद्

काठमाडौँ- नेकपा एमालेले आज काठमाडौँलगायत देशभरि भएको ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको घटनाबारे दुःख व्यक्त गरेको छ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा आज साँझ जारी विज्ञप्तिमा हृदयविदारक र दुःखद् घटनाले मर्माहत बनाएको उल्लेख छ।

आन्दोलन हिंसात्मक बन्दा प्रहरीले चलाएको गोली लागेर काठमाडौँ र इटहरीमा गरी १९ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन्।

‘आज मुलुकमा जेनजी, नेपालको आयोजनाका नाममा भएको आन्दोलनले हिंसात्मक रूप लिएपछि दजनौँ व्यक्तिको मृत्यु भएको छ। ठूलो मात्रामा सरकारी सम्पत्ति नष्ट भएको छ। यो एउटा हृदयविदारक र दुःखद घटना हो’, विज्ञप्तिमा भनिएको छ।

एमालेले आन्दोलनकारी र सरकारलाई संयमताका साथ वार्ताद्वारा समस्याको समाधान खोज्न आग्रह गरेको छ। यस्तै, घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ।

एमालेले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै तिनका परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

प्रकाशित: २४ भदौ २०८२ ७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast