लिपुलेक हाम्रो हो भनेर चीनलाई स्पष्ट भनेका छौँ : प्रधानमन्त्री ओली

हिमाल प्रेस २० भदौ २०८२ १४:०३
12
SHARES
लिपुलेक हाम्रो हो भनेर चीनलाई स्पष्ट भनेका छौँ : प्रधानमन्त्री ओली

ललितपुर- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति चीनसमक्ष आपत्ति दर्ज गरिएको बताएका छन्।

ललितपुरको सनराइज सभा हलमा आजदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनमा उद्घाटन मन्तव्य दिँदै यही भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा आफूले उक्त असहमति राखेको बताए।

अध्यक्ष ओलीका अनुसार यसबारे भारतसँग पनि स्पष्ट कुरा राखिएको छ। प्रधानमन्त्री ओलीले चीनको ग्लोबल सेक्युरिटी इनिसियिटभ (जिएसआई) मा कुनै समर्थन नगरिएको पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast