बागलुङका किसानले गराए ७०५ पशुको बिमा

हिमाल प्रेस २० भदौ २०८२ ७:५३
8
SHARES
बागलुङका किसानले गराए ७०५ पशुको बिमा

बागलुङ- दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा गरिएको छ।

जिल्ला सहकारी संघमा आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका सेयर सदस्यका ७०५ पशुको बिमा गरिएको संघ अध्यक्ष दीपक गौतमले जानकारी दिए।

कृषकबाट बिमा प्रिमियमबापत गत वर्षमा रु चार लाख ८४ हजार ५०० र राज्यबाट अनुदानबापत रु १९ लाख ३८ हजार गरी जम्मा रु २४ लाख २२ हजार ५०० पशुधन सुरक्षण उपसमितिमा रकम दाखिला भएको छ। चालु आवमा पशुधन सुरक्षण कार्यक्रममा रु ७८ लाख ८० हजार संकलन भएको उनले बताए।

संघले २४ वर्षदेखि १५ दुग्ध संकलन सहकारीका एक हजार ५०० भन्दा बढी किसानको दैनिक तीन हजार ५०० लिटर दूध संकलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ।

प्रकाशित: २० भदौ २०८२ ७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast