लिपुलेकमा हाम्रो हो भन्दा भारतले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री

हिमाल प्रेस १७ भदौ २०८२ ७:४१
12
SHARES
लिपुलेकमा हाम्रो हो भन्दा भारतले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले लिपुलेक-कालापानी नेपालको रहेको र सधै नेपालकै रहने दाबी गरेका छन्। प्रेस युनियन पर्साद्वारा वीरगन्जमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखक लिपुलेकमा नेपालले दाबी गर्दा भारतले चित्त दुखाउनुपर्ने कारण नभएको प्रष्ट पारेका छन्।

‘हामीले हाम्रो भूमिलाई हाम्रो भूमि हो भनेर भन्दा कुनै देशसँग हाम्रो सम्बन्ध बिग्रनुपर्ने कारण छैन,’ उनले भने, ‘मित्र राष्ट्र भारतले पनि चित्त दुखाउनुपर्ने कुरा छैन, किनभने त्यो भूमि हाम्रो हो । यसमा हामीहरु प्रष्ट छौँ।’

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अहिले लिपुलेक-कालापानी नेपालको भूमि रहेको भन्दै भारत र चीन बिच भएको सहमतिप्रति आपत्ति जनाएर ठीक काम गरेको उनको भनाइ छ।

प्रकाशित: १७ भदौ २०८२ ७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast