नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे
काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले विद्या भण्डारीको सदस्यताका बारेमा पार्टीले गरेको निर्णय सच्चाउने अवस्थामा पुर्याइने दाबी गरेका छन्।
सेन्टर फर पब्लिक पोलिसि रिसर्चले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष पाण्डेले पूर्वराष्ट्रपतिको सदस्यताबारे विधान अधिवेशनमा समेत फरक मत राख्ने भन्दै सदस्यताका बारेमा पार्टीले गरेको निर्णय सच्चाउने अवस्थामा पुर्याइने दाबी गरेका हुन्।
उनले कोही व्यक्तिलाई पार्टीमा काम गर्नको लागि संविधानले निषेध नगरेको जिकिर गरे। कोही व्यक्ति पार्टी सदस्य हुँदैमा अध्यक्ष नहुने उनको भनाइ छ।
पार्टीभित्रको फरक मत र फरक बहसलाई अनेक रुपमा व्यख्या गरिन थालिएको उल्लेख गर्दै पाण्डेले पार्टीको स्थापित मूल्य र मान्यताभित्र बसेर यो बहसलाई निष्कर्षमा पुर्याएर छाड्ने जिकिर गरे।
उपाध्यक्ष पाण्डेले उमेरहद र कार्यकालका विषयमा समेत विधान महाविधेशनमा विस्तृत छलफल हुने स्पष्ट पारे।



