‘हर्ष’ को पोस्टरमा प्रफुल्ल र गम्भीर देखिएका यी कलाकार

हिमाल प्रेस १६ भदौ २०८२ १३:४६
14
SHARES
‘हर्ष’ को पोस्टरमा प्रफुल्ल र गम्भीर देखिएका यी कलाकार

काठमाडौँ- एकता पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्म ‘हर्ष’ को दुई पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा फिलमका मुख्य कलाकारहरू प्रस्तुत गरिएको छ।

पहिलो पोस्टरमा खगेन्द्र लामिछाने, अभिनेत्री वर्षा राउत र शर्मिला मल्ल मुस्कानसहित हर्षित भावमा देख्न सकिन्छ भने हास्य कलाकार सन्तोष पन्तको हेराइ केही असन्तुष्ट भाव व्यक्त गरिरहेको छ। खगेन्द्र र वर्षा छोरासँग रमाइरहेका छन्। छोराको भूमिकामा बाल-कलाकार साइमन वादी छन्।

दोस्रोमा खगेन्द्र र वर्षा पहिलेकै पोस्टरझैं मुस्कुराइ रहेका छन्। नेपथ्यमा सन्तोष पन्त, विशाल पहारी, लुनिभा तुलाधर, माओत्से गुरुङ र अंशु महर्जन नाचिरहेको/रमाइरहेको देख्न सकिन्छ। बाल कलाकार साइमन बाल कृष्णको पहिरनमा छन्। यस्तै, अभिनेता नीर शाह गम्भिर भावमा प्रस्तुत गरिएको छ।

पोस्टरअनुसार फिल्ममा पारिवारिक जीवनका उकाली र ओरालीको कथा रहेको अनुमान गर्न सकिन्छ। फिल्म आगामी मंसिर १२ मा प्रदर्शन हुँदैछ।

फिल्मकाे कथा डेब्यू निर्देशक पाैडेलले नै लेखेकी हुन्। चितवनमा छायांकन गरिएको फिल्म अहिले पोष्ट प्रोडक्सनको चरणमा छ। फिल्म आलोक शुक्लाको छायांकन, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफीमा बनेकाे छ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ईप्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन्।

डेब्यू निर्देशक पाैडेलले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गर्नुका साथै आमसञ्चारमा स्नातक, व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरेकी छन्।

प्रकाशित: १६ भदौ २०८२ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast