पोखरामा बालिकालाई यौनधन्दामा लगाएको आरोपमा पक्राउ

हिमाल प्रेस १५ भदौ २०८२ २१:३५ | Sunday, August 31, 2025
पोखरामा बालिकालाई यौनधन्दामा लगाएको आरोपमा पक्राउ

पोखरा- पोखरा-३, नालामुखस्थित एक खाजाघर सञ्चालकले बालिकाहरुलाई ललाईफकाई गरी प्रलोभानमा पारी यौनधन्दामा लगाउने गरेको भेटिएको छ। उक्त आरोपमा प्रहरीले सिन्धु खाजाघरका सञ्चालक २३ वर्षे सिन्धु किसानलाई पक्राउ गरेको छ।

उनलाई मानव बेचबिखन तथा ओसारपार मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान थालिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।

यसै गरी, कास्की प्रहरीले पोखरा–२ बागलुङ बसपार्कका १९ खाजा पसल सञ्चालकहरुलाई पनि पक्राउ गरेको छ। उनीहरूले लागुऔषध सेवनकर्ताको अखडा बनाई होहल्ला गर्ने, यौनजन्य गतिविधिमा संलग्न हुने एवं सो क्षेत्र आसपासमा अशान्ति मच्चाउने कार्यमा संलग्न भएको आरोप छ।

प्रकाशित: १५ भदौ २०८२ २१:३५ | Sunday, August 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast