अनिश्चितकालीन राजमार्ग अवरूद्ध गर्ने उखु किसानको चेतावनी

हिमाल प्रेस १४ भदौ २०८२ २०:११ | Saturday, August 30, 2025
अनिश्चितकालीन राजमार्ग अवरूद्ध गर्ने उखु किसानको चेतावनी

काठमाडौँ- गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै आन्दोलनरत उखु किसानहरुले अनिश्चितकालिन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका छन्।

शनिबार माइतिघरमा पत्रकार सम्मेलन गर्दै उखु किसानहरुले आफ्ना मागप्रति सरकारले वेवास्ता गरेको भन्दै भदौ २५ गतेदेखि अनिश्चितकालिन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका हुन्।

सबै जिल्लाका उखु किसानहरूको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा भाद्र २५ गतेबाट अनिश्चितकालिन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने सर्वसम्मत निर्णय गरिएको उखु उत्पादक महासंघ, नेपालका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिए।

आफूहरुको आन्दोलनबाट हुने क्षतिको जिम्मा सरकार, अर्थमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले लिनुपर्ने उनले बताए।

उखु किसानले उपलब्ध गराउन बाँकी अनुदान रकम विनासर्त भुक्तानि गर्नुपर्ने, उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरुको सहभागिता सुनिश्चितता गर्नुपर्ने लगायतका माग राखेका छन्।

प्रकाशित: १४ भदौ २०८२ २०:११ | Saturday, August 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast