भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कारका प्राप्तकर्ताको नाम सार्वजनिक

हिमाल प्रेस १४ भदौ २०८२ ८:३२ | Saturday, August 30, 2025
भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कारका प्राप्तकर्ताको नाम सार्वजनिक

काठमाडौँ- नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताको नाम भैरव पुरस्कार गुठीले शुक्रबार सार्वजनिक गरेको छ।

भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले पुरस्कार प्राप्तकर्ताको नाम अनुमोदन गरेको हो। जसअनुसार २०८२ सालको भैरव पुरस्कार भारत-सिलगुढी निवासी वरिष्ठ हाँस्य व्यंग्यकार कृष्ण प्रधानलाई प्रदान गरिने भएको छ।

यो पुरस्कारको राशि एक लाख ११ हजार १११ रहेको छ। भैरव पुरस्कार पहिलो पटक नेपाल बाहिरका स्रष्टालाई समर्पण गर्न लागिएको हो। एक लाख एक हजार १११ राशिको भैरव वांग्मय पुरस्कार वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने गुठीले जनाएको छ।

५१ हजार १११ राशिको भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गरिने भएको छ। पुरस्कार प्राप्तकर्ताको नाम छनौट गर्न गुठीले साहित्यकार वसन्त रिजालको संयोजकत्वमा साहित्यकारद्वय नरेन्द्रराज पौडेल र प्रल्हाद पोखरेल सदस्य रहेको चयन समिति गठन गरेको थियो।

आउँदो असोज तीन गते राजधानीको गोकर्णेश्वर-५स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कार वितरण गरिनेछ। सोही दिन गुठीको साधारणसभा पनि आयोजना गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए।

प्रकाशित: १४ भदौ २०८२ ८:३२ | Saturday, August 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast