सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन

हिमाल प्रेस १३ भदौ २०८२ १८:३२ | Friday, August 29, 2025
सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन फाइल तस्बिर

काठमाडौँ- सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन भएको छ। शुक्रबार सिंहदरबारमा भएको वार्तामा कुनै सहमति हुन नसकेको उखु किसान संघर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिए।

वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेका थिए भने संघर्ष समितिले आन्दोलन नरोकिने तर आन्दोलनको स्वरुप परिवर्तन गर्न सक्ने जवाफ दिएको थियो।

वार्तामा आफूहरुले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनुपर्ने माग राखेको प्रवक्ता यादवले बताए। कृषि मन्त्रालयको वार्षिक बजेटमा नै २ अर्ब रुपैयाँ उखु किसान अनुदान दिने भनेर छुट्टाउँदा अर्थ मन्त्रालयले बजेट रोकेको उनले आरोप लगाए।

प्रवक्ता यादवले शनिबार ११ बजे माइतीघरमा पत्रकार सम्मेलन गरी आन्दोलनको आगामी स्वरुपबारे जानकारी दिने उल्लेख गरे।

उनले उखु किसानको ७५ करोड निकासा गरिसकेको अवस्थामा दशँैअघि नै अर्को ७५ करोड निकासा गर्नुपर्ने बटमलाइन रहेको बताए।

प्रकाशित: १३ भदौ २०८२ १८:३२ | Friday, August 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast