हलमा लाग्यो नाजिर अभिनीत फिल्म ‘गुन्यु चोलो : द ड्रेस’

हिमाल प्रेस १३ भदौ २०८२ १०:३७ | Friday, August 29, 2025
हलमा लाग्यो नाजिर अभिनीत फिल्म ‘गुन्यु चोलो : द ड्रेस’

काठमाडौँ- फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ आज बिहानदेखि हलमा प्रदर्शन भइरहेको छ।

फिल्मका निर्देशक समुन्द्र भट्ट हुन्। नाजिर हुसेनको मुख्य अभिनय रहेको फिल्म यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथामा आधारित छ। फिल्ममा नाजिर पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिकामा छन्।

नाजिरसँगै फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायत कलाकारको अभिनय छ।

योसँगै हलमा ‘कोशेढुङ्गा’, ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’, ‘मोहर’सहित केही विदेशी फिल्म प्रदर्शन भइरहेको छ।

प्रकाशित: १३ भदौ २०८२ १०:३७ | Friday, August 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast