प्रतीकात्मक तस्बिर।
भक्तपुर- सूर्यविनायक नगरपालिका–८ आशापुरी र काभ्रेपलाञ्चोकको नैचालको सिमानामा रहेको शाखापुरी बल्बी खोलामा आएको बाढीले बगाउँदा बालिकाको मृत्यु भएको छ।
भैँसी चराउन गएको बेला खोलाको बाढीले बगाउँदा नैचालकी ९ वर्षीया रसमु तामाङको मृत्यु भएको हो। तामाङको शव पनौतीस्थित रोशी भूमिडाँडामा फेला परेको सूयविनायक नगरपालिकाका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए।
भैँसी चराउन उनी दिदी संगीताका साथमा गएकी थिइन्। रसमुलाई खोला तर्ने क्रममा बाढीले बगाएको वडाध्यक्ष बस्नेतले बताए।
सूर्यविनायकस्थित रणशेर ब्यारेकको नेपाली सेनाको उद्धार टोली तथा प्रहरी वृत्त जगातीको प्रहरी टोलीले खोजी गर्दा उनको शव रोशी भूमिडाँडामा फेला परेको हो। रासस
प्रकाशित: १२ भदौ २०८२ २१:४० | Thursday, August 28, 2025
प्रतिक्रिया




