एमाले नेता ऐन महर प्रहरीमा

हिमाल प्रेस ११ भदौ २०८२ १६:३८ | Wednesday, August 27, 2025
एमाले नेता ऐन महर प्रहरीमा

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर प्रहरीसमक्ष उपस्थित भएका छन्। साइबर अपराधमा पक्राउ पुर्जी जारी भएसँगै महर बुधबार प्रहरीमा उपस्थित भएका हुन्।
साइबार ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थी नेताले महर आफैँ उपस्थित भएको जानकारी दिए।

‘उहाँविरूद्ध हुलाकमार्फत एउटा उजुरी प्राप्त भएको थियो। अदालतबाट पक्राउ पुर्जी पनि लिएका थियौँ,’ एसपी अवस्थीले भने,‘उहाँ आफैँ उपस्थित हुनु भएको हो।’

प्रहरीमा उपस्थित भइसकेपछि थप कानुनी प्रक्रिया अगाडि बढाइएको उनले बताए। म्याद थपका लागि महरलाई अदालतमा उपस्थित गराइएको अवस्थीले बताए।

एक महिलाले एमाले नेता महरविरूद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी छन्।

प्रकाशित: ११ भदौ २०८२ १६:३८ | Wednesday, August 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast