सुनचाँदीको मूल्यमा सामान्य उतारचढाब, कति पुग्यो मूल्य?

हिमाल प्रेस ११ भदौ २०८२ ११:०९ | Wednesday, August 27, 2025
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाब, कति पुग्यो मूल्य?

काठमाडौँ- स्थानीय बजारमा मंलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ। सुनको मूल्य तोलमा रु तीन सयले बढेको छ भने चाँदी रु १५ ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९९ हजार निर्धारण भएको छ। त्यति नै परिमाणको चाँदी रु दुई हजार ३४५ मा खरिदबिक्री भइरहेको छ।

हिजो मंगलबार एक तोला सुन रु एक लाख ९८ हजार ७०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३६० मा क्रयविक्रय भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ११ भदौ २०८२ ११:०९ | Wednesday, August 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast