कति छ मुद्राको मूल्य?

हिमाल प्रेस ११ भदौ २०८२ ६:३०
8
SHARES
कति छ मुद्राको मूल्य?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, युरो, पाउन्डसहित कतिपय मुद्राको मूल्य भने घटेको छ।

युरो र पाउन्डको मूल्य हिजो पनि घटेको थियो। अमेरिकी डलर र कुबेती दिनारको विनिमयदर हिजो पनि बढेको थियो। आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४० रुपैयाँ ४४ पैसा थियो।

आज युरो एकको खरिददर १६३ रुपैयाँ र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा छ। हिजो युरो एकको खरिददर १६३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६४ रुपैयाँ २४ पैसा थियो। आज पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५६ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७१ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा थियो। कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ १० र बिक्रीदर ४६० रुपैयाँ ०६ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ८६ र बिक्रीदर ४५९ रुपैयाँ ८३ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९१ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ४९ पैसा थियो।

प्रकाशित: ११ भदौ २०८२ ६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast