तीज विषयक लेखप्रति आपत्ति जनाउँदै माइतीघरमा प्रदर्शन गर्ने सन्तोष राजावादी पक्राउ

हिमाल प्रेस १० भदौ २०८२ १५:३३ | Tuesday, August 26, 2025
तीज विषयक लेखप्रति आपत्ति जनाउँदै माइतीघरमा प्रदर्शन गर्ने सन्तोष राजावादी पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- राजधानीको माइतीघर मण्डलाबाट सन्तोषकुमार सिलवाल ‘सन्तोष राजावादी’ लाई मंगलबार नेपाल प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार तीजबारे लेखिएको सामग्रीमाथि आपत्ति जनाउँदै गरिएको प्रदर्शनकै क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।

गोरखापत्र दैनिकमा ‘निरहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ भन्ने शीर्षकमा लेख प्रकाशित भएपछि सन्तोषले त्यसको विरोध गरेका थिए। उनी प्रदर्शनका क्रममा पत्रिका च्यातेर जलाउन खोजेका थिए। त्यसपछि प्रहरीले हस्तक्षेप गर्दै उनलाई पक्राउ गरेको हो।

हाल उनलाई सिंहदरबार वृत्तमा राखिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १० भदौ २०८२ १५:३३ | Tuesday, August 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast