भारतीय गायिका मुछाल काठमाडौँमा आउँदै

हिमाल प्रेस ९ भदौ २०८२ २०:१३ | Monday, August 25, 2025
भारतीय गायिका मुछाल काठमाडौँमा आउँदै

काठमाडौँ– भारतीय गायिका पलक मुछालले पहिलोपटक काठमाडौँमा साङ्गीतिक प्रस्तुती दिने भएकी छन्।

आगामी असोज ३ मा भृकुटीमण्डपमा ‘पलक मुछाल लाइभ इन नेपाल’ हुने टुङ्गो लागेको आयोजक संस्थाका ‘इभेन्ट म्यानेजर’ मनिष कार्कीले जानकारी दिए।

‘यसअगाडिका कार्यक्रमको सिकाइलाई प्रयोग गर्दै यसलाई भव्य र सभ्य बनाउने छौँ। उहाँ नेपाल आउन इच्छुक हुनुहुँदो रहेछ, त्यही भएर हामीले साङ्गीतिक कार्यक्रममा प्रस्तुत गर्न लागेका हौँ,’ कार्कीले भने।

गायिका मुछालले एक श्रव्यदृश्यमार्फत सन्देश जारी गर्दै आफू नेपाल आउन उत्साहित रहेको बताएकी छन्।

‘म नेपाल आउने कुराले खुसी छु, म नेपालीलाई गीत सुनाउन र नचाउन अधैर्य छु,’ उनले भनेकी छन्।

यसअगाडि ‘नोरा फतेही लाइभ इन नेपाल’ आयोजना गरेको वल्र्डवाइड फिल्म्स नेटवर्क प्रालिको आयोजना र मनु मिडिया प्रालिको व्यवस्थापनमा उनी काठमाडौँ आउन लागेकी हुन्।

गायिका मुछालको ‘कौन तुझे’, ‘प्रेम रतन धन पायो’, ‘चाहूँ मैं या ना’, ‘तेरी मेरी कहानी’, ‘जुम्मे की रात’, ‘सनम तेरी कसम’ लगायतका गीतहरू लोकप्रिय छन्।

प्रकाशित: ९ भदौ २०८२ २०:१३ | Monday, August 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast