वीरगञ्जमा फैलियो हैजा र झाडापखाला, स्वास्थ्यकर्मीलाई बिदा नदिई उपचारमा खटाइने

हिमाल प्रेस ९ भदौ २०८२ ७:४२ | Monday, August 25, 2025
वीरगञ्जमा फैलियो हैजा र झाडापखाला, स्वास्थ्यकर्मीलाई बिदा नदिई उपचारमा खटाइने

पर्सा- पर्सामा यतिबेला झाडापखाला र हैजाको संक्रमण भयावह छ। हैजाले पर्साको वीरगञ्ज महानगर आसपासका बासिन्दालाई बढी प्रभावित बनाएको छ।

जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समिति पर्साको आइतबार बसेको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यकबाहेक बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले वीरगञजमा झाडापखाला र हैजाको संक्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय गरेको हो । सो बैठकमा मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुधन प्रसादसिंहको पनि उपस्थिति थियो ।

निमित्त प्रजिअ कार्कीले झाडा पखाला, कोलेरा (हैजा) रोकथामका लागि सबै निकायसँगको समन्वयमा आवश्यक सामग्री व्यवस्थापन गरी माइकिङ, घरदैलो एवम् सचेतना जागरण तत्कालै सञ्चालन गर्ने निर्णय गरिएको बताए ।

प्रकाशित: ९ भदौ २०८२ ७:४२ | Monday, August 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast