
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। अमेरिकी डलरको मूल्य भने आज पनि स्थिर छ।
आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो। आज युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा छ। हिजो युरो एकको खरिददर १६२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा थियो।
आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८९रुपैयाँ ८६ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा थियो। आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ ०९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९० रुपैयाँ ०८ पैसा थियो।
कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ६६ र बिक्रीदर ४५९ रुपैयाँ ६२ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ७९ र बिक्रीदर ४५८ रुपैयाँ ७५ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७० पैसा र बिक्रीदर ३७२ रुपैयाँ २९ पैसा छ।