बलिउड अभिनेता गोविन्दासँग सम्बन्धविच्छेद चाहन्छिन् पत्नी सुनीता आहुजा!

हिमाल प्रेस ७ भदौ २०८२ ७:१० | Saturday, August 23, 2025
बलिउड अभिनेता गोविन्दासँग सम्बन्धविच्छेद चाहन्छिन् पत्नी सुनीता आहुजा!

काठमाडौँ- बलिउड अभिनेता गोविन्दाकी पत्नीले सुनीता आहुजाले सम्बन्ध विच्छेदका लागि बान्द्रा पारिवारिक अदालतमा निवेदन दिएकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सुनीताले पति गोविन्दाले अन्य महिलासँग शारीरिक सम्बन्ध राखेकोलगायत आरोप लगाउँदै सम्बन्ध विच्छेदको माग गरेकी छन्। हटरफ्लाइको रिपोर्टअनुसार सुनीताले हिन्दु विवाह ऐन १९५५ को धारा १३ (१) (आई), (आईए), (आईबी) अन्तर्गत सम्बन्धविच्छेदका लागि निवेदन दिएकी हुन्।

रिपोर्टको दाबीअनुसार पारिवारिक अदालतले मे २५ मा गोविन्दलाई बोलाएको थियो र जुनदेखि दुवै जना मुद्दा समाधान गर्न प्रयास गरिरहेका छन्। सुनीता अदालतमा उपस्थित भइरहे पनि गोविन्दा भने गायब भएका छन्।

प्रकाशित: ७ भदौ २०८२ ७:१० | Saturday, August 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast