शिक्षा समिति सभापति थापाद्वारा शिक्षा विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस

हिमाल प्रेस ६ भदौ २०८२ १५:०५ | Friday, August 22, 2025
शिक्षा समिति सभापति थापाद्वारा शिक्षा विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौँ- विद्यालय शिक्षा विधेयक, २०८० को प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिएको छ।

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारित गरेको प्रतिवेदन प्रतिनिधिसभाको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले आज पेस गरेका हुन्।

१५ वटा परिच्छेद, १६३ वटा दफामा विभक्त उक्त विधेयक १५२ समूहमा १६१ जना सांसदहरूबाट एक हजार ७५८ बुँदामा संशोधन प्रस्ताव दर्ता भएको सभापति थापाले संसद् बैठकमा बताए।

विधेयकमा नेपाल शिक्षक महासंघ, निजी विद्यालय सञ्चालकलगायत सरोकारवालाको माग समावेश गरिएको पनि थापाले बताए।

प्रकाशित: ६ भदौ २०८२ १५:०५ | Friday, August 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast