काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य रु. एक लाख ९५ हजार २०० कायम भएको छ।
अघिल्लो दिन बिहीबार एक तोला सुन एक लाख ९४ हजार ८०० मा किनबेच भएको थियो।
सुनको मूल्य वृद्धि भएसँगै चाँदीको भाउ पनि बढेको छ। आज ४० रुपैयाँले बढेर तोला चाँदी दुई हजार ३३० मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य दुई हजार २९० रहेको थियो।
प्रकाशित: ६ भदौ २०८२ १२:३८ | Friday, August 22, 2025
प्रतिक्रिया



