काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रोटिनजन्य खाद्यवस्तु तथा परिकारका लागि प्रयोग हुने बस्तुको थोक मूल्य तोकेको छ।
जसअनुसार तोफु प्रतिकिलो रु १२०, गुन्द्रुक प्रतिकिलो रु ३००, भटमास कोसा प्रतिकिलो रु १२० निर्धारण गरिएको छ।
त्यस्तै, कन्य च्याउ प्रतिकिलो रु २५०, डल्ले च्याउ प्रतिकिलो रु ४००, राजा च्याउ रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १००० कायम गरिएको समितिले जनाएको छ।
प्रकाशित: ६ भदौ २०८२ ९:०६ | Friday, August 22, 2025
प्रतिक्रिया




