रास्वपा र राप्रपाको प्रतिनिधिसभा बहिष्कार कायमै

हिमाल प्रेस ५ भदौ २०८२ १४:५१
6
SHARES
रास्वपा र राप्रपाको प्रतिनिधिसभा बहिष्कार कायमै

काठमाडौँ- भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभामा विरोध कायमै राखेका छन्। बिहीबार पनि संसद् बैठक सुरु हुनेबित्तिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिएका थिए।

सांसद नेपालीले लिपुलेक र कालापानीलगायतको भूभाग छिमेकी देशहरूले प्रयोग गर्ने भन्ने कुरा आएको भन्दै नेपालको भूभागको संरक्षण गर्नका लागि सरकारले यथाशीघ्र पहल गर्नेछ भन्ने विश्वास व्यक्त गरे।

उनले भ्रष्टाचार नियन्त्रण गरेर जनताको जीवनस्तर सुधार्न केन्द्रित हुनुपर्ने सरकार मानव तस्करी गर्नेको संरक्षणमा लागेको आरोप लगाए। सांसद नेपालीले उपसभामुख इन्दिरा रानामगरबारे भएको अवमूल्यनले लोकतन्त्रमा खतरा उत्पन्न गराएको जिकिर गरे। उनले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म विरोध कायमै रहने जानकारी दिए।

त्यस्तै राप्रपा सांसद ध्रुवबहादुर प्रधानले भिजिट भिसा प्रकरणमा न्यायिक छानबिन समिति बनाउनुपर्ने बताए। उनले सभामुखले पहल गरिदिँदा आफूहरुको माग सम्बोधन हुनसक्ने बताए। सांसद प्रधानले बिचौलियाहरुको तन्त्रले जालो फिँजाएको भन्दै सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा जोड दिए।

प्रधानले धारणा राखेपछि दुवै दलका सांसदहरुले सदन बहिष्कार गरेका छन्। भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरुले जेठ १३ गतदेखि सदनमा निरन्तर विरोध जनाउँदै आएका छन्।

प्रकाशित: ५ भदौ २०८२ १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast