शिक्षा समिति बैठक : शिक्षक सरुवामा स्पष्टता हुनुपर्ने सांसद भण्डारीको सुझाव

हिमाल प्रेस ५ भदौ २०८२ १२:०२ | Thursday, August 21, 2025
शिक्षा समिति बैठक : शिक्षक सरुवामा स्पष्टता हुनुपर्ने सांसद भण्डारीको सुझाव

काठमाडौँ- नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले विद्यालय शिक्षा विधेयक, २०८० मा शिक्षक सरुवासम्बन्धी प्रावधान स्पष्ट बनाउनुपर्ने बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले हालको सरुवा प्रावधानप्रति शिक्षकहरूले असन्तुष्टि जनाइरहेको स्मरण गराउँदै खाली पदमा सरुवा भएर जान पाइने व्यवस्था स्पष्ट रूपमा उल्लेख हुनुपर्ने बताए।

‘शिक्षकहरूले अहिले सरुवाको दफामा हामीलाई प्रदेश, जिल्ला वा गाउँमा एक पटक अवसर दिइयोस्, खाली भएको ठाउँमा जान पाइयोस् भन्नुभएको छ। यस्तो कुरा बुझिने गरी राखौँ। यसले अब म कहिल्यै सरुवा पाइनँ भन्ने मान्छेलाई फाइदा गर्छ,’ उनले भने।

सांसद भण्डारीले पाठ्यक्रमलाई प्रविधिसँग अद्यावधिक गर्नुपर्ने आवश्यकता औंल्याए। उनले विश्वव्यापीकरणसँगै आएका नयाँ प्रविधिहरूलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए। साथै, प्राध्यापकहरूले नयाँ संघसंगठन खोल्न नपाउने व्यवस्था पनि विधेयकमा स्पष्ट रूपमा राखिनुपर्ने उनको सुझाव छ।

प्रकाशित: ५ भदौ २०८२ १२:०२ | Thursday, August 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast