निसेलढोर र ढोरपाटनमा बिकेन स्याउ

हिमाल प्रेस ५ भदौ २०८२ ७:५०
10
SHARES
निसेलढोर र ढोरपाटनमा बिकेन स्याउ

काठमाडौँ- यो वर्ष निसेलढोर र ढोरपाटनमा स्याउ नफलेपछि किसान चिन्तित छन्। निसीखोला गाउँपालिका(५ निसेलढोरको कुँडे, गाभा, काङलगायतका स्थानमा स्याउ उत्पादन नभएपछि किसान मारमा परेका हुन्। निसेलढोरसँगै ढोरपाटन नगरपालिका ९ को नवी, भूजी, स्यालपाखेलगायत क्षेत्रमा पनि स्याउ उत्पादनमा गिरावट आएको छ।

जिल्लामा सबैभन्दा बढी स्याउ फल्ने क्षेत्रमै उत्पादनमा कमी आएको छ। स्थानीय हेमराज सापकोटाले चार रोपनी क्षेत्रमा लगाएको स्याउले यस वर्ष १० प्रतिशत पनि उत्पादन नदिएको बताए। झण्डै एक दशकदेखि स्याउखेती गर्दै आएकामा पछिल्लो तीन वर्षदेखि उत्पादन निरन्तर घट्दै गएको गुनासो उनले गरे।

‘अघिल्लो वर्ष कम उत्पादन भए पनि यो वर्ष अधिकांश स्याउका बोट रित्तो छन्। जलवायु परिवर्तनका कारण समस्या भएको छ। पहिले समयमा नै वर्षा हुने हुँदा राम्रो उत्पादन हुने गरेको थियो।

पछिल्ला केही वर्ष यता समयमा पानी पर्दैन। लाखौँ लगानी गरेर खेती गरेको स्याउ नफल्दा ठूलो नोक्सानी भएको छ’, सापकोटाले भने, ‘यो वर्ष त अचम्मै भयो, रूखमा एकदुई दानाबाहेक देखिँदैनन्। स्याउका बोट सबै खाली छन्। यही हिसाबले त आगामी वर्ष एउटा पनि दाना फल्दैन कि भन्ने डर छ।’

किसान मनबहादुर घर्तीले गत हिउँदमा लामो खडेरी पर्दा स्याउ उत्पादन हुन नसकेको बताए। स्याउ उत्पादन हुँदा किसानले लाखौँ नोक्सानी व्यहोर्नु परेको उनको भनाइ छ। इटालियन फुजी जातको बाहेक अन्य जातको स्याउ नफलेको घर्तीले सुनाए।

‘पोहोर परार सालमा एकडेढ लाखको स्याउ बिक्री हुन्थ्यो, यसपालि त दुई हजारको पनि फलेन’, उनले भने, ‘हिउँदमा लामो समय खडेरी भयो, हिउँ पनि परेन। हिउँ परे त स्याउ राम्रो उत्पादन हुन्थ्यो, वर्षा नै नहुँदा यो समस्या आयो।’

जिल्लाभर ५६ दशमलव ९२ हेक्टर क्षेत्रमा स्याउखेती हुने गरेको छभने बर्सेनि ३३१।२ मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको थियो। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले यस वर्ष उत्पादनमा ठूलो मात्रामा गिरावट आएको बताए। रासस

 

प्रकाशित: ५ भदौ २०८२ ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast