फिल्म ‘ताराहरू’ को टिकट बुकिङ खुल्याे

हिमाल प्रेस ४ भदौ २०८२ १२:३० | Wednesday, August 20, 2025
फिल्म ‘ताराहरू’ को टिकट बुकिङ खुल्याे

काठमाडौँ- हलले फिल्म ‘ताराहरू’ को बुधबारदेखि नै टिकट बुकिङ खुलाएको छ। देशकै ठूलो मल्टिप्लेक्स हल क्युएफएक्स सिनेमालगायतले फिल्मकाे बुकिङ खुलाएकाे छ।

क्युएफएक्स सिनेमाजले उपत्यकामा ३ र उपत्यका बाहिर ४ गरी जम्मा ७ सो दिएको छ। त्यस्तै आइएनआइ सिनेमाज, वान सिनेमाजमा पनि टिकट खुलाइएको छ। त्यस्तै बिग मुभिज, बिएसआर मुभिज, एफक्युब सिनेमाज, सिटी सिनेमाज, सिके सिनेमाजलगायत हलले टिकट खुलाउन बाँकी छ।

 ‘ताराहरू’ मध्यमवर्गीय परिवारको संघर्षको कथामा बनेको फिल्म हाे। फिल्मका निर्देशक आशान्त शर्मा हुन्। उनी स्वयंको मुख्य भूमिका रहेको फिल्ममा मेनुका प्रधान, कुन्दुन शाक्य, आभास अधिकारी, मिरा खड्का, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्मको ‘ऐया नि हो’, ‘जाम त भने कुन बाटो जाम त’ बोलको गीत र टिजर र ट्रेलरलाई दर्शकले रुचाएका छन्।

निर्देशक शर्माकै कथा रहेको फिल्म वेज प्रा.लि. को प्रस्तुतिमा बनेको छ। फिल्मका निर्माता गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा हुन्। सह-निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा तथा युगविजय पंगेनी शर्मा छन्।

सरद महतोले छायांकन गरेको फिल्म विनोद पाण्डेको सम्पादन, अविनाश नापितको भिएफएक्समा बनेको छ। फिल्म यही शुक्रबार अर्थात् भदौ ६ देखि हलमा लाग्दैछ। योसँगै हलमा अन्य दुई फिल्म पनि प्रदर्शन हुँदैछ, ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’।

प्रकाशित: ४ भदौ २०८२ १२:३० | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast