मादल बेचेर वार्षिक ६ लाखसम्म आम्दानी

हिमाल प्रेस ४ भदौ २०८२ ११:११ | Wednesday, August 20, 2025
मादल बेचेर वार्षिक ६ लाखसम्म आम्दानी

कैलाली- बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ। सखारै उनी काठ काट्ने औजार लिएर घर बाहिर मादल बनाउन राखिएको काठको घार मिलाउँछन्। त्यसपछि तयार भएको मादलमा खरी लगाउने, सुकाउने र डोरी कस्छन्।

नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्परानुसार शिवपार्वतीको उपासना एवं पूजा गर्ने तीज नजिकिएसँगै उनको व्यस्तता बढेको हो। मादलको मौस मादल बनाउने र बेच्ने फुर्सद हुँदैन।

शिल्पी तीर्थको सानो कच्ची घर छ। समीपको अर्को कटेरोलाई उनले मादलको गोदाम बनाएका छन्। उनले त्यो गोदाममा बेच्नका लागि ठिक्क पारेका एक दर्जनबढी मादल राखेका छन्।

मादल बनाउनको लागि तयार पारेका काठका घार पनि भण्डार गरेका छन्। ‘एउटा मादल साधारणतया तयार गर्न ४ दिने लाग्ने गर्दछ। तर मादल बनाउँदा एक दिन घार तयार पार्ने, अर्को दिने कस्ने र खरी लगाउने गरिन्छ। खरी लगाएको मादललाई सुकाएर ‘फिनिसिङ’ गर्नुपर्छ’, उनले भने।

मादल बनाउने काठ अभाव भएको उनको गुनसो छ। रिट्ठा र आँपको काठमा कला भर्ने उनी बाख्रा, राँगाको छाला र खरीढुंगाबाट मादल उत्पादन गर्ने गरेको बताउँछन्। उनको भनाइमा मादल बेचेर वार्षिक ६ लाखसम्म आम्दानी हुने गरेको छ। ‘सात जनाको परिवार यसैले पालेको छु’ उनी सुनाउँछन्।

एउटा मादले तीन हजारदेखि १५ हजार सम्ममा बिक्री हुने गरेको जानकारी दिँदै १६ वर्षदेखि मादल बनाउँदै आएका तीर्थले बताए। स्थानीय सरकारको सहयोग पाएमा मासिक ५० वटा मादल उत्पादन गर्न सकिने बताउँदै उनले आधुनिक बाजाले आफूहरूको पेसा संकटमा परेको सुनाए।

प्रकाशित: ४ भदौ २०८२ ११:११ | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast