‘आ बाट आमा’ मा जोडिए साइग्रेस

हिमाल प्रेस ३ भदौ २०८२ ११:५८ | Tuesday, August 19, 2025
‘आ बाट आमा’ मा जोडिए साइग्रेस

काठमाडौँ- फिल्म ‘आ बाट आमा’ मा साइग्रेस पोखरेल अनुबन्धित भएका छन्। उनी कलाकारको रुपमा जाेडिएकाे निर्माण टिमले जनाएकाे छ।  साइग्रेस मोडल तथा सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटर र कथावाचक हुन्। उनका भनाइहरू रिल्स तथा टिकटकमा रुचाइएका छन्।

साइग्रेससँगै फिल्ममा मोडल उषा उप्रेती, पल शाह, विपना थापा, दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावतलगायत कलाकारको अभिनय रहनेछ।

चन्द्र पन्तको निर्देशन, कथा तथा पटकथामा निर्माण हुने फिल्म यही भदौ १२ देखि छायांकन सुरु हुनेछ। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म कृष्ण प्रसाद सुवेदी, ध्रुब न्यौपाने र प्रकाश कुँवरले निर्माण गर्न लागेको हुन्।

प्रकाशित: ३ भदौ २०८२ ११:५८ | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast