‘हरिबहादुरको जुत्ता’ को गीत ‘बेला बितेसी’ मा प्रकाश र स्वस्तिमाको रोमान्टिक नृत्य

हिमाल प्रेस २ भदौ २०८२ १७:३० | Monday, August 18, 2025
‘हरिबहादुरको जुत्ता’ को गीत ‘बेला बितेसी’ मा प्रकाश र स्वस्तिमाको रोमान्टिक नृत्य

काठमाडौँ- फिल्म ‘हरिबहादुरको जुत्ता’ को गीत ‘बेला बितेसी’ सार्वजनिक भएको छ। गीतमा फिल्मका मुख्य कलाकार प्रकाश सपुत र गायिका समीक्षा अधिकारीको स्वर छ। गीत गायक सपुतकै शब्द र संगतमा बनेको छ।

गीतको भिडियोमा उनीसहित अभिनेत्री स्वस्तिमा खड्काको रोमान्टिक नृत्य प्रस्तुत गरिएको छ। भिडियो मौसम हिमालीले कोरियोग्राफी गरेका हुन्।

दिपेन्द्र के खनाल निर्देशित फिल्म आगामी असोज १३ अर्थात् दसैँको फूलपातीमा प्रदर्शन हुनेछ। फिल्ममा स्वस्तिमा र प्रकाशसहित हरिवंश आचार्य, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन्।

प्रकाशित: २ भदौ २०८२ १७:३० | Monday, August 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast