म्यानमारमा सैनिक ‘कू’ पछि डिसेम्बरमा पहिलोपटक आमनिर्वाचन

हिमाल प्रेस २ भदौ २०८२ १५:५४ | Monday, August 18, 2025
म्यानमारमा सैनिक ‘कू’ पछि डिसेम्बरमा पहिलोपटक आमनिर्वाचन

काठमाडौँ- म्यानमारमा सन् २०२१ को सैनिक ‘कू’ पछि पहिलोपटक आगामी डिसेम्बर २८ मा आमनिर्वाचन हुने भएको छ। सैनिक सरकारका प्रमुख जनरल मिन आङ हलाइङले चुनावको घोषणा गरेका हुन्।

सन् २०२१ मा सेनाले सत्ता कब्जा गर्दै चुनावबाट निर्वाचित नेतृ आङ सान सू चीलाई कारागारमा राखेको थियो।

जनरल हलाइङले यसपटकको निर्वाचन ‘स्वतन्त्र र निष्पक्ष’ हुने दाबी गरे पनि अन्तर्राष्ट्रिय समुदायले यसलाई अस्वीकार गरेका छन्। विश्लेषकहरूको भनाइमा यो निर्वाचन केवल देखावटी प्रक्रियामात्र रहेको छ, जसलाई सेना आफ्नो सत्ता मजबुत बनाउन प्रयोग गरिरहेको छ।

म्यानमार २०२१ यता गृहयद्ध सरहको परिस्थितिमा छ। सेना र विभिन्न जातीय सशस्त्र समूहबीच घातक संघर्ष चलिरहेको छ। तीमध्ये धेरै समूहहरूले आफ्नो प्रभाव क्षेत्रमा मतदान गर्न अनुमति नदिने बताएका छन्।

प्रकाशित: २ भदौ २०८२ १५:५४ | Monday, August 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast