यस्तो छ देशभरका नदीमा बाढीको सम्भावित अवस्था

हिमाल प्रेस ३० साउन २०८२ ९:४२ | Friday, August 15, 2025
यस्तो छ देशभरका नदीमा बाढीको सम्भावित अवस्था

काठमाडौँ- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। जसकारण नेपालमा मनसुन यस वर्ष केही कमजोर रहने देखिन्छ।

शुक्रबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागको अपेक्षा छ।

कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई पहाडी स्थानमा हल्का वर्षा भइरहेको छ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, म्याग्दी, गुल्मी, रोल्पा, रुकुम पश्चिम, कालिकोट, बाजुरा, बझाङ, डोल्पा, मुगु, हुम्ला, दार्चुला र आसपासका जिल्लामा बहने केही ससाना नदीहरूको बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना रहेको छ।

प्रकाशित: ३० साउन २०८२ ९:४२ | Friday, August 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast