सांसद भीम आचार्यको सरकारलाई प्रश्न- किसानले किन मल पाउन सकिरहेका छैनन्?

हिमाल प्रेस २९ साउन २०८२ १४:५१ | Thursday, August 14, 2025
सांसद भीम आचार्यको सरकारलाई प्रश्न- किसानले किन मल पाउन सकिरहेका छैनन्?

काठमाडौँ- सत्तारूढ दल नेकपा एमालेका सांसद भीम आचार्यले मलको चरम अभाव र कालोबजारीको समस्या यथावत् रहेको भन्दै सरकारको आलोचना गरेका छन्।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हरेक वर्ष मलको अभाव दोहोरिँदा पनि सरकारले समाधानका लागि प्रभावकारी कदम चाल्न नसकेको बताए।

‘मलको चरम अभाव छ, ठूलो कालोबजारी भइरहेको छ। किसानले उचित माध्यमबाट मल पाउन सकिरहेका छैनन्,’ आचार्यले भने,‘दु:ख गरेर लगाएको बालीमा युरिया हाल्ने बेलामा पनि चरम अभाव हुन्छ। सम्बन्धित मन्त्रालय के हेरेर बसेको हो? हरेक वर्ष यो समस्या किन दोहोरिन्छ?’

उनले बजारमा सहजै मल उपलब्ध नहुने तर कालोबजारीमार्फत मात्रै पाइने अवस्थाको कारणबारे सरकारसँग जवाफसमेत माग गरे।

प्रकाशित: २९ साउन २०८२ १४:५१ | Thursday, August 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast